सम्पादकीय तथा सुधार नीति
समाचार कसरी तयार हुन्छ, स्रोत कसरी प्रयोग गरिन्छ र त्रुटि भएमा के गरिन्छ।
प्रकाशनअघि
- प्रकाशनअघि सूचनाको स्रोत जाँचिन्छ। पुष्टि नभएको विवरण प्रकाशित गरिँदैन।
- कुनै व्यक्ति वा संस्थामाथि आरोप लाग्ने सामग्रीमा सम्बन्धित पक्षको भनाइ समेट्ने प्रयास गरिन्छ।
- समाचार र विचार छुट्टाछुट्टै खण्डमा राखिन्छन्।
मिति र समय
- प्रकाशित मिति कहिल्यै परिवर्तन गरिँदैन।
- सामग्रीमा तात्त्विक परिवर्तन भएमा मात्र “अद्यावधिक” समय छुट्टै देखाइन्छ।
- ताजा समाचारको सूची वास्तविक प्रकाशन समयकै आधारमा बन्छ।
स्रोत र तस्बिर
- अन्य स्रोतबाट लिइएको सामग्रीमा स्रोत स्पष्ट उल्लेख गरिन्छ।
- अनुमतिबिना अरूको पूरा समाचार वा तस्बिर पुनःप्रकाशन गरिँदैन।
- AI बाट बनेका चित्रण वास्तविक घटनाको तस्बिरका रूपमा प्रस्तुत गरिँदैन।
त्रुटि सुधार
प्रकाशित सामग्रीमा त्रुटि भेटिएमा सच्याइन्छ र के सच्याइयो भन्ने कुरा सोही समाचारमा स्पष्ट देखिने गरी राखिन्छ। सुधारको सूचना लुकाइँदैन।
